News Griha :: न्यूजगृह
मोरङमा हाइटेन्सन लाइनको पोलमा चढे युवक

मोरङ— बुढिगङ्गा गाउँपालिकामा सडकको रिटेनिङ वालको काम रोक्न माग गर्दै एक युवक बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका छन्।

बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी शनिबार बिहान ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा बसिरहेका छन्।

सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै उनी बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।

उनले उक्त काम रोक्न माग राख्दै  १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका  हुन्।  मागलाई वेवास्ता गरे  आत्मदाह गर्ने चेतावनी समेत माझीले दिएका छन्।

उनको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १२:०७
Weather Update