काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा

काठमाडौं— काठमाडौं महानगर प्रमुख बालेन साहले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालबाट मेयर साहले यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्– ‘काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० ११:२२













