News Griha :: न्यूजगृह
उपराष्ट्रपति यादव पार्टी र सांसदबाट अलग [राजीनामा पत्रसहित]

काठमाडौं— उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादव पार्टी र सांसदबाट अलग भएको जसपाले बताएको छ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट उपराष्ट्रपतिमा निर्वाचित यादवले आइतबार पार्टीको साधारण सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जसपाले जनाएको छ ।

त्यसैगरी उपराष्ट्रपति यादवले प्रतिनिधिसभा सदस्य (सांसद) बाट पनि राजीनामा दिएको जसपाको भनाइ छ ।

बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादाव जसपाका संसदीय दलका नेतासमेत थिए ।

शुक्रबार सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा उनले ३० हजार ३२८ मतभार प्राप्त गर्दै जित हासिल गरेका थिए ।

ramsahay prasad yadav1679240984.jpg

ram sahay prasad yadav resigned1679241013.jpg

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २१:३२
Weather Update