जसपाले बोलायो विधान अधिवेशन मूल व्यवस्थापन समिति बैठक

काठमाडौं— जनता समाजवादी पार्टी,नेपाल (जसपा) ले विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बोलाएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक भोलि मंगलबार पार्टी कार्यालयमा दिउँसो १२:३० बजे बोलाइएको जसपाले जनाएको छ ।
बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल हुनेछ ।
जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिएको छ । जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ २१:१६













