उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि प्रधानमन्त्री छलफलमा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा काठमाडौं उपत्यकाको फोहोर मैलाको दिगो व्यवस्थापनको विषयमा सरोकारवाला निकायहरूको छलफल गरेका छन् ।
सिंहदरबारमा जारी बैठकमा काठमाडौं उपत्यकाको फोहोर, ट्राफिक व्यवस्थापन र देशैभर फैलिएको डेंगु नियन्त्रण कसरी गर्ने भन्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधारमन्त्री, संघीय मामिला मन्त्री, शहरी विकासमन्त्री, ल्यान्डफिल साइट प्रभावित क्षेत्रका संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरू तथा बन्चरेडाँडामा ल्यान्डफिल साइट प्रभावित सहजीकरण समितका सदस्यहरू सहभागी रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १७:०१