News Griha :: न्यूजगृह
पाठ्यपुस्तकको विषयमा विगतमा जस्तो गुनासो आएन : शिक्षामन्त्री राई

काठमाडौं—  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले पाठ्य पुस्तक समयमै पुर्‍याउनु पर्ने सम्बन्धमा मन्त्रालयले निर्देशन अनुसार काम गरेको बताएका छन् ।

शुक्रबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले पाठ्य पुस्तकको विषयमा विगतमा जस्तो गुनासो नरहेको भन्दै कुनै पनि खालको कमी कमजोरी भएको छ भने निर्देशनको अपेक्षा राखेको बताए ।

उनले भने, शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयहरूमा पाठ्य पुस्तक समयमै पुर्‍याउनु पर्छ भन्ने सम्बन्धमा समितिको निर्देशनलाई मन्त्रालयले आत्मसाथ गरेर काम गरेको छ । विगतमा जस्तो गुनासो नरहेको अवस्था छ । अब कुनै किसिमको कमी छ भने निर्देशनको अपेक्षा राख्दछौँ । यसमा हामीले गाउँपालिका महासंघ, नगरपालिका संघ र जिल्ला विकास समन्वय समिति महासंघसँग पनि सहकार्य गरेका थियौ । ’

मन्त्री राईले शिक्षा ऐन अहिले सबैको चासोको विषय भएको भन्दै यसको प्रक्रिया सरकार परिवर्तन भएको कारण फिर्ता आएको हुनाले केही समयमा पारित हुने अठोटका साथ अघि बढेका बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १६:३१
Weather Update