News Griha :: न्यूजगृह
संघीय शिक्षा ऐन चालु अधिवेशनमै संसद्मा प्रस्तुत हुन्छ : मन्त्री राई

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्मा प्रस्तुत गर्ने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताका साथ काम अघि बढाइरहेको उनले बताए । 

उनले पहिला पनि मस्यौदा तयार भइ मन्त्रिपरिषद्मा पुग्ने तर, सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए । 

कानुन मन्त्रालयमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको उनको भनाइ छ । विद्यालयको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्याङ्कन गरेर अघि बढ्ने बताए । 

मन्त्री राईले विश्वविद्यालयहरूको छाता विधेयक पनि कानुनी प्रक्रियाको चरणमा रहेको जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १५:१४
Weather Update