News Griha :: न्यूजगृह
कांग्रेस नेता बस्नेतको निधन

काठमाडौं— नेपाली कांग्रेसका नेता एवम् तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी भएका बस्नेतको ७८ वर्षको उमेरमा शुक्रबार आफ्नै निवास सिफलमा निधन भएको हो । 

१ मङ्सिर २००२ मा सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटकपटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए । उनी अविवाहित थिए । 

विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहेका बस्नेत हाल जननायक विपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए । उनको पार्थिव शरीर शुक्रबार दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए । रासस 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ११:०४
Weather Update