
काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोह भएको बताएका छन् ।
भट्टराईले शरणार्थी प्रकरण सामान्य अपराध मात्र नभई मानव तस्करी, बेचबिखनमा राजनीति र प्रशासनिक नेतृत्वकै अगुवाईमा भएको राष्ट्रद्रोह भएको बताएका हुन् ।
‘नक्कली भुटानी शरणार्थी केस सामान्य अपराध मात्र होइन मानव तस्करी र बेचबिखनमा सरकारको राजनीति र प्रशासनिक नेतृत्वकै अगुवाईमा भएको राष्ट्रद्रोह हो,’ भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशीन बाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने पनि कुनै शब्द नै छैन । नेपाल र नेपालीको आत्मसम्मानमाथि अपुरणीय क्षति पुगेको छ । ’
उनले प्रहरीको अनुसन्धानमाथि बाह्य दबाब, राजनीतिक हस्तक्षेप हुँदा अनुसन्धान बरालिने धारणा राखेका छन् ।
नक्कली शरणार्थी र नेपाल प्रहरी-
साधन र स्रोतका बाबजुद अपराधीक घटनाको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन नेपाल प्रहरी सक्षम छ । बिगतमा कतिपय जटिल र अप्ठ्यारो ठानिएका घटनामा नेपाल प्रहरीले आफुलाई काबिल सबित गरेको छ ।
प्रहरीको अनुसन्धानमाथि बाह्यय दबाब, राजनीतिक हस्तक्षेप र स्वार्थ समुहले रोटी सेक्न खोज्दा अनुसन्धान कसरी बरालिन्छ भन्ने कुरा निर्मला पन्त काण्डबाट नेपाल प्रहरीले पाठ सिकेकै होला ।
नक्कली भुटानी शरणार्थी केस सामान्य अपराध मात्र होईन मानव तस्करी र बेचबिखानमा सरकारको राजनीति र प्रशासनिक नेतृत्व कै अगुवाईमा भएको राष्ट्रद्रोह हो । आफ्नै नागरिकलाई अनागरीक बनाएर बिदेशीन वाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने पनि कुनै शब्द नै छैन । नेपाल र नेपालीको आत्मसम्मानमाथि अपुरणीय क्षती पुगेको छ ।
पार्टी र राज्यको सांस्कृतिक अधपतनलाई सुद्धिकरण गर्ने, ब्यबस्थाप्रति जनविश्वास जाग्रित गर्ने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको जालो नस्ट गर्ने, नेपाल प्रहरीको छबी उजिल्याउने उपयुक्त अवसर हो यो ।
तसर्थ
@ शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छनबीन गर्न देउ !
@ नेपाल प्रहरी राजनीतिक दबाव र पक्षधरताबाट मुक्त होउ !













