News Griha :: न्यूजगृह
आज माइतीघर मण्डलामा विशाल प्रदर्शन गर्दै शिक्षक र कर्मचारी

काठमाडौं— नेपाल शिक्षक महासंघको नेतृत्वमा आज (२९ वैशाख शुक्रबार) शिक्षक र विद्यालय कर्मचारीहरूले सरकारविरुद्ध विशाल प्रदर्शन गर्दैछन् । माइतीघर मण्डलामा हुने प्रदर्शनमा सहभागी हुन जिल्ला जिल्ला शिक्षक र कर्मचारीहरू आइसकेका छन् भने कतिपयहरू आउँदैछन् ।

सरकारले शिक्षक र विद्यालय कर्मचारीसँग विभिन्न समयमा गरेका सहमति सम्झौता कार्यान्वयन गर्नुपर्ने, तत्काल संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई सम्मानजनक बिदाई गर्नुपर्ने, इसीडी शिक्षकलाई दरबन्दीमा रूपान्तरको प्रक्रिया सुरु गर्नुपर्ने, प्रावि सरह सेवासुविधा दिनुपर्नेलगायत दर्जनौं माग अघि सारिएको छ ।

शिक्षक र कर्मचारीलाई प्रदर्शनमा सहभागी हुन शिक्षक महासंघसँग आवद्ध १४ शैक्षिक संघसंस्थाले अपिल गरेका छन् ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०६:१९
Weather Update