News Griha :: न्यूजगृह
पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा आठको मृत्यु, २९० घाइते

पाकिस्तान— पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । ती झडपमा २९० भन्दा बढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ ।

झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त  भएका छन् । इस्लामाबादको एक उत्तरदायित्व अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिए पछि देशभर तवावको स्थिति सृजना भएको छ । 

केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पक्राउ पनि गरिएको थियो ।

पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा, प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरेको थियो । प्रदर्शनकारीहरूले कोर कमान्डरको लाहोरको घरमा प्रवेश गरी रावलपिंडीको जीएचक्यूको एउटा गेट समेत भत्काएका छन् ।

यसअघि पाकिस्तानका पूर्वविदेशमन्त्री, पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामाबाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा सारिएको थियो ।

पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनका अनुसार बुधबार दिउँसो पीटीआई नेतालाई इस्लामाबादको गिलगिट–बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो ।

मङ्गलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ । उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दैछ ।

कुरेशीलाई पञ्जाब र खैबर पीमा दंगा र आगजनीका घटनामा प्रहरीको खोजीमा छन् । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:००
Weather Update