News Griha :: न्यूजगृह
‘सत्य निरुपणसम्बन्धी विधेयकमा ढिलाइ गरे दुर्घटना’

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सांसद प्रदीप यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ फास्टट्रयाकबाट पास गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद यादवले सो विधेयकलाई समितिमा नलगि संसद्भित्र छलफल गरी फास्टट्रयाकमा पास गर्नुपर्ने बताएका हुन् ।

उनले यसलाई पास गर्न निकै ढिलो भएको भन्दै अझै ढिलो गरेमा दुर्घटना हुने बताए । विधेयकलाई संसद्भित्रै छलफल गरेर टुंग्याउनुपर्ने यादवको भनाइ छ ।

‘यो महत्त्वपूर्ण कुरा हो । यसलाई फास्टट्रयाकमा नै लानुपर्छ । समितिमा जानुपर्दैन । संसद्भित्र नै छलफल गरेर, संसद्भित्रबाट नै फास्टट्रयाकमा पास गर्नुपर्छ । ढिलो गर्‍यो भने दुर्घटना हुन्छ,’ सांसद यादवले भने ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:२०
Weather Update