बृहत् प्रदर्शनका लागि शिक्षक र विद्यालय कर्मचारी काठमाडौं आउन सुरु

काठमाडौं— नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार (२९ वैशाख) हुने बृहत् प्रदर्शनका लागि विभिन्न जिल्लाबाट शिक्षक, विद्यालय कर्मचारी, इसीडी शिक्षक राजधानी काठमाडौं आउन सुरु गरेका छन् ।
महासंघले शिक्षक र विद्यालय कर्मचारीका मागमुद्दा कार्यान्वयनका लागि विरोध प्रदर्शनमा सहभागी हुन निर्देशन दिएपछि देशैभरबाट शिक्षक र विद्यालय कर्मचारी काठमाडौं आउन थालेका हुन् ।
महासंघ र शिक्षा मन्त्रालयबीच २०७५ साल ९ फागुन सोमबार भएको ५१ बुँदे सहमति कार्यन्वयन गर्न र शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत रकम लगानी गर्न माग गर्दै दबाबका लागि प्रदर्शन हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ०९:००













