कस्तो रहला आज मौसम ?

काठमाडौं— हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ०६:२६













