शरणार्थी प्रकरण
कांग्रेस पदाधिकारी बैठक : खाणलाई निलम्बन गर्न महामन्त्रीद्वयको दबाब

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।
बुधबार विहान खाण पक्राउ परेपछि बेलुका पाँच बजे बसेको कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री शर्मा र थापाले निलम्बन गर्न दबाब दिएको एक नेताले जानकारी दिए ।
पदाधिकारी बैठकमा महामन्त्रीद्वयले मात्र नभइ अन्य पदाधिकारीले पनि खाणलाई निलम्बन गरेर प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने बताएको ती नेताको भनाइ छ ।
खाणलाई निलम्बन गर्ने नगर्ने विषयमा बैठकमा सहमति नजुटेको र बिहीबार पुनः बैठक बसेर निर्णय गर्ने ती नेताले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० २०:४३