प्रतिवद्धता
निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन : मन्त्री श्रेष्ठ [भिडिओ]
काठमाडौं— उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिबद्धता गृहमन्त्री श्रेष्ठले गरेका छन् ।
‘भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मूल रूपमा उठाएका छौँ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिबद्धता हो,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १५:३९