News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : कांग्रेस नेता कोइराला भन्छन्– जो दोषी देखिए पनि कारबाही हुनुपर्छ

काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसमा राजनीतिक दबाब दिन नहुने बताए ।

उनले भने, ‘जो–जो दोषी हो, उनीहरूलाई कारबाही हुनपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेसकै नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुधबार नै पक्राउ परेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:४१
Weather Update