News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : रविले भने– अनुसन्धानले ठूला नेता र तिनका सन्तानलाई छोड्यो भने रास्वपा हेरेर बस्दैन

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो हुँदै गइरहेको भन्दौ ठूला नेता र तिनका सन्तानलाई छोड्यो भने रास्वपा हेरेर मात्र नबस्ने बताएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तीव्र भेटघाटले शरणार्थी प्रकरणमा अनुसन्धान फितलो हुने बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा रवि लेख्छन्, ‘शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्कविहीन, नाम आएकाहरू माथिको अनुसन्धान फितलो !!! खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर  ताण्डव’ लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला ।’

सभापति रविले प्रधानमन्त्री दाहाललाई ‘प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !!’ प्रश्न गर्दै भनेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:०३
Weather Update