जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ ।
पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बैठक बोलाइएको केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा विधान अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
जसपाले आगामी १, २, र ३ जेठमा काठमाडौंमा विधान अधिवेशन गर्दैछ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० ०९:२१













