News Griha :: न्यूजगृह
बजेटमार्फत शिक्षक र कर्मचारीका माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत शिक्षक तथा कर्मचारीका माग पूरा गर्ने बताएका छन् ।

मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री दाहालले माग पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, संघीय शिक्षा ऐन तत्काल जारी गर्ने, बजेटमा  शिक्षक र कर्मचारीका माग पूरा गर्न अधिकतम पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्री दाहालले व्यक्त गरेको महासंघका एक जना पदाधिकारीले जानकारी दिए ।

महासंघले शुक्रबार (२९ वैशाख) माइतीघर मण्डलामा हुने विशाल प्रदर्शनबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०८:३०
Weather Update