यौन दुर्व्यवहारको मुद्दामा ट्रम्प दोषी ठहर, पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिन आदेश

काठमाडौं— न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरेको छ ।
न्यूयोर्कको सिभिल कोर्टले ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्तिबापत ५० लाख डलर दिनुपर्ने फैसला गरेको हो ।
पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले विज्ञप्ति जारी गर्दै डेमोक्र्याटिक पार्टीले ट्रम्पविरुद्ध अभियान चलाएको र राजनीतिक रूपमा प्रेरित झुटो मुद्दा भएको दाबी गरेका छन् ।
ट्रम्पको टोलीले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।
एक म्यागजिन लेखिकाले ट्रम्पले आफूलाई बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० ०७:२५













