News Griha :: न्यूजगृह
घनश्याम भुसाल महासचिवमा मनोनीत
फाइल फोटो

काठमाडौं —  नेकपा  एकीकृत समाजवादीले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनीत गरिएको बताए ।

उनले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रिय सचिवालय सदस्यमा मनोनीत गरेको पनि बताए । उनले भने, ‘ पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको छ भने पार्टीका महासचिव कमरेड वेदुराम भसाललाई उपाध्यक्षमा मनोनय गरिएको छ । यो सर्वसम्मत निर्णय हो । पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरु उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरिएको छ । केन्द्रिय सचिवालय सदस्यको संख्या १९ गरिएको छ । हाम्रो पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । अबबाट सत्ता पक्षमा बस्ने निर्णय गरिएको छ । सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइसकेको छैन ।’ 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १३:४७
Weather Update