News Griha :: न्यूजगृह
‘भुटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी हो’

काठमाडौं— नेकपा एमालेका नेता डा.भीम रावलले नक्कली भुटानी शरणार्थीको मुद्दालाई दबाउनु देशका लागि गद्दारी हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भुटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए ।

उनले भने,‘भुटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने गतिविधि भइरहेका छन् भन्ने बाहिर आएको छ । प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईंहरूलाई देशको माया छ भने अपराधलाई बचाउने, मुद्दालाई कमजोर बनाउने काम गर्नुभयो भने यो देशका लागि ठूलो गद्दारी हुनेछ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र विरोधी कुकृत्य भएको बताए । ‘तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरू नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ ?’ रावलले प्रश्न गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १९:४२
Weather Update