![एकैपटक ४४ सहसचिवको सरुवा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/cabinet-26-011683635138.jpg)
काठमाडौं— सरकारले एकैपटक ४४ सहसचिवको सरुवा गरेको छ ।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उनीहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।
यस्तै, सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको बताइन् । वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागु गर्ने निर्णय भएको पनि उनले जानकारी दिइन् । यस्तै, ढल्केवर वाणगंगा १३२ केबी प्रशारण लाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको उनले बताइन् ।
मन्त्री शर्माले इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीको लागि योजना आयोगको उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् ।













