News Griha :: न्यूजगृह
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं— पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।

जिओ न्युजलाई उद्धृत गर्दै इस्लामावाद हाईकोर्ट बाहिरबाट पाकिस्तानी रेंजर्सले उनलाई पक्राउ गरेको बताइएको हो । पीटीआईका वकिल फैसल चौधरीले उनको पक्राउको पुष्टि गरेका छन् । अल कादिर ट्रस्ट मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बताइएको छ । 

इमरान खानले आफूमाथिको आरोपको निन्दा गर्दै आरोपलाई ‘अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेका छन् । तर, पक्राउबारे औपचारिक वक्तव्य भने आएको छैन ।

सेनाको मिडिया शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)द्वारा कडा शब्दको बयानमा पनि भनिएको छ, ‘इमरान खानको मनगढन्ते र दुर्भावनापूर्ण आरोपहरू अत्यन्त दुर्भाग्यपूर्ण, निन्दनीय र अस्वीकार्य छन् ।’ 

विज्ञप्तिका अनुसार उनले विगत एक वर्षदेखि सेना र गुप्तचर निकायका अधिकृतलाई राजनीतिक उद्देश्यका लागि निशाना बनाइरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:२८
Weather Update