News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक सुरु 
सभापति शेरबहादुर देउवा । फाइल फोटो

काठमाडौं — नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।  आइतबार संसद् भवनस्थित ल्होत्ले हलमा बैठक सुरु भएको हो । संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रस्तुत हुन लागेका विधेयकहरुको बारेमा छलफल गर्ने बताइएको छ । 

आज संसदमा पेस हुने (संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ र प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ प्रस्तुत हुँदैछ ।
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १२:४२
Weather Update