News Griha :: न्यूजगृह
एमाले सचिवालय बैठक सुरु

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डाका विषयमा छलफल हुने बताइएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भर्खर मात्रै सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली तीन दलका शीर्ष नेताको बैठकमा व्यस्त भएका कारण बैठक ढिलो सुरु भएको हो ।

एमालेको केन्द्रीय कमिटी बैठक २८ वैशाखदेखि सुरु हुँदैछ । झापामा हुने भनिएको बैठक संघीय संसद्मा नीति तथा कार्यक्रम र बजेटलगायतका विषय छलफल गर्नुपर्ने भन्दै काठमाडौंमा सारिएको छ ।

केन्द्रीय कमिटी बैठकमा गत ४ मंसिरमा सम्पन्न निर्वाचन तथा हालै सम्पन्न गरिएको मिसन ग्रासरुटको समीक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १५:३३
Weather Update