News Griha :: न्यूजगृह

काठमाडौं— सरकारले शिक्षक कर्मचारीका माग पूरा नगरे कडा रूपमा आन्दोलन गर्ने विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले चेतावनी दिएका छन् । 

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले २९ वैशाखमा माइतीघरमा गर्न लागेको आन्दोलन सफल पार्न राजधानी आएका तिवारीले न्यूजगृहसँग कुरा गर्दै भने, ‘सरकारले हाम्रो माग पूरा गरेन भने हामी कडा रूपमा आन्दोलन गर्नेछौँ । ढुङ्गामुढा गर्नसमेत पछि पर्ने छैनौँ ।’

भदौ २०७९ मा समितिले आन्दोलन गरी सरकारसँग नीतिगत निर्णय गरेको थियो । तर, उक्त निर्णय हालसम्म कार्यान्वयन भएको छैन ।

समितिले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, संघीय शिक्षा ऐन तत्काल जारी गर्ने, बजेटमा शिक्षक कर्मचारीका माग पूरा गर्नेलगायत माग राखेको छ । यी मागहरू तत्काल कार्यान्वयन गराउन देशव्यापी दबाबमूलक आन्दोलन गर्न समिति लागेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १९:००
Weather Update