News Griha :: न्यूजगृह
यी क्याम्पसमा रोकियो निर्वाचन

काठमाडौं— काठमाडौं उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आंगिक क्याम्पसमध्ये १३ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया रोकिएको छ । विद्यार्थी संगठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ ।

उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध रहेको छ । नेपाल कमर्स क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो ।

यस्तै सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बाग्लुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत्र ९ गतेका लागि निर्वाचन मिति तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०९:४७
Weather Update