News Griha :: न्यूजगृह
राज्यका अंगप्रति जनताको भरोसा टुट्दै गयो, शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं : महासचिव पोखरेल

काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएकाले शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

कानुन दिवसको अवसरमा मंगलबार महासचिव पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने बताएका हुन् ।

‘शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप राज्यका निकायहरू चल्न नसक्दाको परिणाम आज राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको छ । नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरूमा स्वेच्छाचारीता बढ्दै गएको छ । राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको हो,’ महासचिव पोखरेलले सामाजिक सञ्जालमा भने,‘मुलुकलाई सही बाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं । कानुन दिवसले हामी सबैलाई त्यस मार्गमा अघि बढ्न प्रेरित गरोस् । कानुन दिवसको उपलक्षमा हार्दिक शुभकामना ।’

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०८:१९
Weather Update