News Griha :: न्यूजगृह
दाङमा नेकपा एसका असन्तुष्टले त्यागे पार्टी

दाङ— नेकपा एकीकृत समाजवादी (नेकपा एस) का जिल्ला तहका नेताले पार्टी परित्याग घोषणा गरेका छन् ।

नेकपा एस दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले पार्टी परित्याग गरेका हुन् ।

परित्याग गर्नेमा चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीलगायत छन् ।

त्यसैगरी प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन् ।

ncp s party1679197547.jpeg

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०९:३०
Weather Update