News Griha :: न्यूजगृह
भुटानी शरणार्थी प्रकरण : ओलीको प्रश्न– गिरफ्तार भएका मान्छेलाई किन छाडियो ?

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताए ।

‘एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोक गर्दैन’, अध्यक्ष ओलीले भने,‘कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।’

उनले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न आफू तयार रहेको बताए । अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर प्रश्न गरे ।

उनले नक्कली भुटानी शरणार्थीका सम्बन्धमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए । ‘दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्दछ । निर्दोषलाई फसाउने कोसिस गर्नुहुँदैन’,उनले भने ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २१:३६
Weather Update