News Griha :: न्यूजगृह
स्ववियु निर्वाचन : मतदान जारी
त्रिभुवन विश्वविद्यालयअन्तर्गत आइतबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानमा गर्दै मतदाता विद्यार्थी । तस्बिर:रामहरि न्यौपाने/रासस

काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।

देशभरिका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए ।

१४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् ।

बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखियता नियमित हुन सकेको छैन ।

उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान सुरु भएको उनले जानकारी दिए ।

मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलन मार्फत् गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

swabiu-ele-matadan1679199433.jpg

शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता । तस्वीर : सुशीला रेग्मी/रासस
swabiyu-ele1679199378.jpg
पूर्वी नवलपरासीको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसको निर्वाचनमा मतदान गर्दै विद्यार्थी । तस्बिर : रासस
 

 

swabiyu-elections1679196490.jpg

कपिलवस्तुको शिवराजमा रहेको समयथान बहुमुखी क्यापसमा भइरहेको स्वावियु निर्वाचनमा मतदान गर्दै विद्यार्थी । तस्बिर : रासस

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०८:५७
Weather Update