News Griha :: न्यूजगृह
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडौं— संवैधानिक परिषद्को सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ । अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेकाे परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको उक्त बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपसभामुख इन्दिरा रानामगर सहभागी थिए ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १९:३६
Weather Update