प्रधानमन्त्री दाहालले संसदमा सत्य निरुपणसम्बन्धी विधेयक पेस गर्ने

काठमाडौं— प्रधानमन्त्रीसमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा आज ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गर्ने भएका छन् ।
बैठकमा प्रधानमन्त्री दाहालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पनि पेस गर्ने बताइएको छ ।
यसैगरी बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।
संसद् बैठक आज दिउँसो १ बजे बस्दैछ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ ०८:४१













