News Griha :: न्यूजगृह
सम्पत्ति छानबिनको माग गर्दै सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं— प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको उजुरी परेको हो । उनीविरुद्ध विकास ठाकुरले सोमबार भ्रष्टाचारको उजुरी दर्ता गरेका हुन् । 

कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैली सहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिएका हुन् । 

२०६३ सालबाट राजनीतिमा उदाएका सिंहको आर्थिक फड्को नै भ्रष्टाचारको कारण रहेको निवेदनमा ठाकुरले दाबी गरेका छन् । 

amreshkumar-singh-ujuri-akthiyar-11683543108.jpg

amreshkumar-singh-ujuri-akthiyar-21683543141.jpg

amreshkumar-singh-ujuri-akthiyar-31683543167.jpg

amreshkumar-singh-ujuri-akthiyar-41683543196.jpg

amreshkumar-singh-ujuri-akthiyar-51683543214.jpg

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १६:२२
Weather Update