लडाकु विमान दुर्घटना हुँदा भारतमा ३ जनाको मृत्यु

नयाँ दिल्ली— भारतमा लडाकु विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो ।
हनुमानगढका एसपी सुधीर चौधरीका अअनुसार दुई महिलाको घटनास्थलमै र अर्को एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय लीला देवी, ४५ वर्षीय बाँसो कौर र ५० वर्षीय बान्टो रहेका छन् ।
घाइते तीन जनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी स्थापना गरिएको आईएएफले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १४:४६













