News Griha :: न्यूजगृह
कांग्रेस सभापति देउवा र पूर्वगृहमन्त्री खाणले घुस लिएको सम्बन्धी अडिओ सार्वजनिक गर्ने अनलाइन कारबाहीमा

काठमाडौं— प्रेस काउन्सिल नेपालले नेशनलदैनिक डटकम अनलाइनलाई कारबाही गरेको छ । काउन्सिलले 'भुटानी शरणार्थी प्रकरणमा सांसद आरजु राणा र पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको अडिओ सार्वजनिक गर्ने अनलाइनलाई कारबाही गरेको हो ।  

२३ वैशाखमा अडिओसहित प्रकाशित उक्त समाचारमा आफूलाई जोडेर नक्कली आवाजको अडिओसमेत बनाई विभिन्न सामाजिक सञ्जाल तथा अनालाइनहरूमा प्रशारण गरेको भन्दै सांसद मञ्जु खाणले दिएको उजुरीको आधारमा उक्त अनलाइनलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ । 

उक्त समाचार अनुगमन गर्दा एकपक्षीय रुपमा पत्रकार आचारसंहिता प्रतिकूल भएको तथा उक्त वेबपोर्टल www.nationaldainik.com नियमानुसार दर्ता एवं सूचिकरण नभएको भन्दै अर्को व्यवस्था नभएसम्म नेपालभित्र सम्प्रेषण नहुने व्यवस्था मिलाउन नेपाल दुरसञ्चार प्राधिकरणलाई अनुरोध गरिएको जनाइएको छ । 

online-karbahi-council1683523882.jpg

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:१५
Weather Update