एमाले महासचिव पोखरेल भन्छन्— शरणार्थी प्रकरणमा सीआईबीलाई अनुसन्धान गर्न दिऊ

काठमाडौं— नेकपा एमाले महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावकारी बनाउन माग गरेका छन् ।
यसका लागि उनले घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्युरो सीआईबीलाई लगाउनु पर्ने बताए । नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडिओ दिनदिनै आउन थालेको भन्दै महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन ।
‘नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन, ‘प्रभावकारी अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाउने हो कि रु किनकी दोषि कोही नछुटुन् र निर्दोस कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १०:१२