News Griha :: न्यूजगृह
घोषणा पत्रअनुसार कांग्रेस–माओवादीले विद्यालय कर्मचारीका माग पूरा गरेनन् : अध्यक्ष तिवारी

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जस्ता ठूला राजनीतिक दलले विद्यालय कर्मचारीका मागबारे गत ४ मंसिरको चुनावी घोषणापत्रमा प्रतिबद्धता जनाएअनुसार माग पूरा नगरेको बताएका छन् ।

आइतबार चुनावी घोषणापत्र सामाजिक सञ्जाल फेसबुकमा राख्दै अध्यक्ष तिवारीले लेखेका छन्,‘नेपाली कांग्रेसले बुँदा नम्बर ३ मा र ने.क.पा.माओवादी केन्द्रले बुँदा नम्बर १० मा सामुदायिक विद्यालय कर्मचारीहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेका थियाे । त्यो प्रतिबद्धता पूरा गरेका छैनन् ।’

अध्यक्ष तिवारीले देशमा भ्रष्टाचार गर्नेहरूको कमी नभएको र सरकारले विद्यालय कर्मचारीलाई तलब दिन आनाकानी गरिरहेको भन्दै २९ वैशाखमा नेपाल शिक्षक महासंघले आयोजना गरेको विरोध जुलुसमा सहभागी हुन सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०९:००
Weather Update