News Griha :: न्यूजगृह
‘संघीय शिक्षा ऐन छिटो ल्याइयोस्’

काठमाडौं— नेपाल शिक्षक संघले छिटो संघीय शिक्षा ऐन ल्याउन माग गरेको छ ।

नवौँ महाधिवेशन र संघीय कार्यसमितिको पहिलो बैठकका निर्णय पत्रकार भेटमार्फत २१ वैशाखमा सार्वजनिक गर्दै संघले शिक्षक र विद्यालयलाई हित हुने गरी संघीय शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेको हो ।

संघका अध्यक्ष सोमनाथ गिरीले शिक्षकका माग र मुद्दा यथावत् रहेको तथा नेपाल सरकार र पेसागत संगठनबीच विगतमा भएका ५१ बुँदेलगायत सम्झौता कार्यान्वयन नहुँदा सरकार आफैंले गरेको सम्झौताप्रति इमान्दार हुन नसकेको बताए ।

संघले संघीय शिक्षा ऐन निर्माणका साथै राहत तथा साविक उच्च माध्यमिक तहका शिक्षकलाई दरबन्दीमा राखिनुपर्ने, कार्यरत सबै शिक्षकलाई अब हुने सबै विज्ञापनमा सामेल हुन उमेरको हद नलगाउने कानुनी प्रबन्ध हुनुपर्नेलगायतका माग राखेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०८:३१
Weather Update