अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

काठमाडौं— काठमाडौं महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार हटाउन सुरु गरेको छ ।
महानगरको सौन्दर्य बढाउन तथा आगजनीका घटनालाई नियन्त्रण गर्न महानगरले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरेकाे हाे ।
आइतबार बसेको काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेकाे थियाे ।
उक्त निर्णयअनुसार महानगरले पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गरिरहेकाे छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० ०७:५६













