ईसीडी शिक्षकले बुझाए बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं— बाग्मती प्रदेशका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई आइतबार (२४ वैशाख) ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नयाँ आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण कार्य भइरहँदा नेपाल बालविकास शिक्षक बाग्मती प्रदेश समितिले देशभरका बालविकास शिक्षकको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले कानुनअनुसार माग पूरा गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सरकारले पूरा गर्न नसकेका माग संघीय सरकारसँग समन्वय गर्ने पनि बताए ।
प्रदेश सरकारले बालविकास शिक्षकका माग सम्बोधन गर्ने विश्वास उनीहरूले लिएका छन् । बालशिक्षकले प्रावि तश शिक्षक सरह सेवासुविधा, एकद्वार प्रणालीबाट तलब, दरबन्दी प्रक्रिया कायम, गोल्डेनह्याण्डसेकलगायतका माग राखेका छन् ।
1683510646.jpg)

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० ०७:३०













