प्रतिनिधि सभामा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस

काठमाडौं— प्रतिनिधि सभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस भएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्ययादेश पेस गरेका हुन् ।
यही २० वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सो अध्यायदेश जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० १७:४३













