नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग उनले सो प्रकरणमा जोडिएका साना ठूला सबैलाई कारबाही गर्नुपर्ने बताए । नेपालले भने, ‘सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामु कुनै पनि हालतमा झुक्नु हुँदैन ।’
उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरूलाई कानुनी दायरामा ल्याउँनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० १२:३७













