News Griha :: न्यूजगृह
सन्दीप लामिछाने विरुद्धको सुनुवाइ स्थगित

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ ।

उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको हो । 

आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।  

 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १२:०५
Weather Update