News Griha :: न्यूजगृह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा कांग्रेसका आचार्य नियुक्त

काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र आचार्य नियुक्त भएका छन् ।

कांग्रेसको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ ।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवलाई दिइने मन्त्रालयकाे टुंगाे लागेकाे छैन ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १०:०२
Weather Update