News Griha :: न्यूजगृह
अमेरिकाको टेक्सासमा गोली चल्यो 

टेक्सास— अमेरिकाको टेक्सासमा गोली चलेको छ । टेक्सासको एक सपिङ मलमा गोली चल्दा नौ जनाको मृत्यु भएको छ । सो गोलीबारीमा बालबालिकासहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी एलेनले टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चलाएको थियो । र, प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने सदिग्ध ऐलन पनि मारिएका छन् ।

घटनाका केही तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा रगतले लतपतिएका मानिस भुइँमा लडिरहेको देख्न सकिन्छ ।

भिडिओमा मारिएका आक्रमणकारी पनि देखिन्छन् । आक्रमणमा प्रयोग गरिएको बन्दुक पनि उनको शरीर नजिकै देखिन्छ ।

पुलिस विभागले आधिकारिक ट्विटर ह्यान्डलमार्फत मानिसहरूलाई उक्त क्षेत्रमा नजान सल्लाह दिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ अनुसार मलमा उपस्थित धेरै कर्मचारीले भवनभित्र शरण लिएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०९:२४
Weather Update