अदालतले टुकुचा ढल होइन खोला नै हो भन्ने पुनः प्रमाणित गर्यो : बालेन साह

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फैसलाको पूर्णपाठले टुकुचा ढल होइन खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको बताएका छन् ।
कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड रहेको भन्दै अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको जग्गाको महानगरवासीको सर्वोत्तम हित हुनेगरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रकृया अगाडि बढाउने उनले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० ०८:४३













