News Griha :: न्यूजगृह
शिक्षक महासंघको आन्दोलनमा सहभागी हुन विद्यालय कर्मचारीलाई यादवको अपिल

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले विद्यालय कर्मचारी, शिक्षक, बालविकास शिक्षकको हकअधिकार स्थापितका लागि २९ वैशाखमा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा आयोजना गरेको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् ।

शुक्रबार (२२ वैशाख) मा एक सूचना जारी गर्दै सूचना अधिकारी यादवले देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघको आह्वानमा प्रथम चरणअन्तर्गतको आन्दोलनमा उपस्थित हुन अपिल गरेका हुन् ।

‘आफ्नो अधिकार प्राप्तिका लागि आफैं आफ्नो आवाज बुलन्द पार्नुपर्छ । केन्द्रीय समितिलाई मात्रै दोष दिने काम नगरौँ । हामी आफैं विचार गरौं । मेरो लगानी के छ ? र, विद्यालय कर्मचारी साथीहरू को लागि मेरो योगदान के छ ? केन्द्रीय समितिले त विद्यालय कर्मचारीको समस्यालाई जगजाहेर गराएको छ । त्यसैले हामी पनि यो प्रथम चरणको आन्दोलमा आफ्नो सहभागीता जनाऔं,’ यादवले भने । 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०८:२७
Weather Update